
काठमाडौं । भारत र पाकिस्तानबीच आज वार्ता हुँदैछ । भारतले पाकिस्तानमाथि पहिलो महला गरेको थियो । त्यसको जवाफी कारवाही गरेको केही घण्टामै भारत वार्ताको लागि तयार भएको थियो ।
दुबै देशले स्थल र हवाई कारवाही रोकेर पूर्णरुपमा युद्धविराम गरेका थियो । दुबै देशका प्रतिनिधिहरु आज पहिलो चरणको वार्तामा बस्न लागेका हुन् ।
भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार आज मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने बताइएको छ ।
भारत–पाकिस्तानबीच लामो समयदेखि जम्मू कश्मीर क्षेत्रको स्वामित्वलाई लिएर विवाद हुँदै आएको छ ।
वार्तामा बस्नुअघि भारतको फाइटर जेट खसेको अर्को भग्नावशेष भेटिएको छ । सामाजिक संजालमा त्यसको फोटो र भिडियाे सार्वजनिक भएको छ ।