आज :

मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन

  • अनलाइन डबली

विराटनगर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार मोरङको सीमावर्ती जहदा गाउँपालिकामा तीन वटा पुलको उद्घाटन गरेका छन् ।

जहदा–२ स्थित जुडी खोलामा निर्मित पुल, कटकरी गाउँपालिका वडा २ र जहदा–४ जोड्ने लोहन्द्रा खोलाको, जहदा गाउँपालिका–७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोलमा बनेको पुलको उपप्रधानमन्त्री सिंहले उद्घाटन गरेका हुन्  ।

पुल उद्घाटनका लागि आएका उपप्रधानमन्त्री सिंहले राष्ट्र हितलाई ध्यानमा राखेर र जनतालाई केन्द्रमा राखेर बिस्तारै काम गर्दै जानुपर्ने बताए । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले संघीयता, समावेशिता, धर्मनिरपेक्षतालगायतका जनअधिकार संविधानसभाबाट आएको संविधानले सुनिश्चित गरेको बताए ।

संविधान आइसकेपछि केहीले व्यवस्था परिवर्तन भयो तर हाम्रो अवस्था नै परिवर्तन नभएको गलत भाष्य निर्माण गरिरहेको उनको भनाई छ ।

कांग्रस एमाले सरकार निर्माणको सहमति अनुसार संविधान संशोधनका लागि कार्यदल गठन गरेर सरकारले प्रक्रिया अघि बढाएको सिंहले बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal