
कालिकोट, फागुन २७ गते – आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणिमा रहेको जनचेतना बहुमुखी क्याम्पसमा समाजवादी मोर्चा र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त प्यानलले मनोनयन दर्ता गरेको छ।
अखिल (क्रान्तिकारी)का बसराज बोहराको नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य पार्वती सन्ज्यालले जानकारी दिइन । मनोनयन दर्ता पछी बोहराले विद्यार्थी हकहित र क्याम्पस सुधारका लागि सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफ्नो नेतृत्वको प्यानललाई अत्यधिक बहुमतले विजयी गराउन सबै विद्यार्थीलाई अपिल गरेका छन् ।
संयुक्त प्यानलका उम्मेदवारहरू:
१) अध्यक्ष: बसराज बोहोरा
२) सचिव: धुर्वराज संज्याल
३) कोषाध्यक्ष: अग्निजा आचार्य
४) सदस्यहरू:
सुमितराज कार्की
शोभा सार्की
प्रेम बहादुर शाही
पबिता धामी
रामझला सार्की
समानुपातिक प्रतिनिधित्व:
१) कल्पना कुमाल
२) सिर्जना संज्याल
३) गीता शाही
४) विमला धामी
५) किशोर देवकोटा
६) अनिता भट्टराई
७) शर्मिला संज्याल