
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार यसअघि युक्रेनलाई दिएको सहयोगको पनि जाँच सुरु गरिएको छ ।
शुक्रबार ह्वाट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको खनिजसम्बन्धी वार्ता असफल भएसँगै सहयोग जारी नराख्ने निर्णय ट्रम्पले लिएको बताइएको छ ।
ट्रम्पले जेलेन्स्कीले तेस्रो विश्वयुद्धको जुवा खेलेको आरोप लगाएका थिए । युक्रेनले अमेरिकी जनतालाई अनादर गरेको बताउँदै ट्रम्पले आफ्नो देशले ३५० मिलियन सैन्य उपकरण सहयोग गरिसकेको बताउँदै त्यसबाट केही नपाएको बताए ।
अमेरिकाले सहयोग रोक्ने समाचार बाहिरिएसँगै जेलेन्स्कीका दिन गन्ती सुरु भएको रक्षा विज्ञले बताएका छन् ।