
काठमाडाैँ । बेलुन पडकिएर उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेकाे छ ।
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते भएका हुन्।
भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका थिए ।
अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार गण्डकी अस्पताल, पोखरामा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ ।