आज :

खानेपानी मन्त्रीकाे कार्यकक्ष आगलागीबाट खरानी, अनुसन्धान सुरु

  • अनलाइन डबली

काठमाडौं । शनिबार विहान खानेपानी मन्त्रालयमा भएको आगलागी बारे अध्ययनको काम भइरहेको छ । मन्त्रीकाे कार्यकक्ष रहेकाे तलमा लागेकाे आगलागीका बारेमा अनुसन्धान गर्नका लागि विल्डिङको विद्युतीय वायरिङ चेकजाँज गर्न विद्युत प्राधिकरणको प्राविधिक टिमलाई बोलाइएको छ ।

मन्त्री प्रदिप यादवको कार्यकक्ष भित्रको एउटा प्लगमा हिजोदेखि नै जलेको जस्तो गन्ध आइरहेको रहेछ, शंका लागेर खोलेर पनि हेरेकाे समेत बताइएकाे छ । सोही आधारमा इलेक्ट्रिक सर्ट भएको हो कि भन्ने प्राधिकरणको टाेलीले चेकजाँच गरिरहेकाे छ ।

प्रहरीका अनुसार मन्त्री प्रदीप यादवको कार्यकक्ष आगलागी कारण पूर्णरुपमा क्षति भएको बताए । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण भने आइसकेको छैन । सीसी क्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal