
काठमाडौं । प्रतिनिधिसभा बैठक जारी रहेको छ । बिहीबारको प्रतिनिधिसभामा सरकारले संसदमा पेश गर्न लागेका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गरेन । अध्यादेश फेल हुने भएपछि सरकार पछि हटेको विपक्षी दलका नेताहरुले बताएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र एमाले अध्यादेश प्रस्तुत गर्न पछि हटेपछि कार्यसूची फेरिएको हो। प्रतिनिधिसभामा सांसदहरूले विभिन्न ठाउँका समस्याबारे कुरा राखिरहेका छन्।
राष्ट्रिय सभामा देखिएको अंकगणितका कारण अध्यादेश पास नहुने देखिएपछि सत्तापक्ष अध्यादेश प्रस्तुत गर्न पछि हटेको हो।
अध्यादेश पास हुन जनता समाजवादी पार्टी ९जसपा०सँग सत्तारुढ दलले सहकार्य गर्न जरुरी छ। जसपासँगको संवाद टुंगोमा नपुगेकाले बिहीबार अध्यादेश प्रस्तुत गर्न नसकिएको एमालेका एक नेताले बताए।
राष्ट्रिय सभामा सत्तापक्ष एमाले–कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका २७ जना सांसद छन्। अध्यादेश पास हुन ३० संख्या पुर्याउनुपर्ने हुन्छ, जो जसपासँग तीन सिट छ।
संसदमा शून्य समय सकिएको छ । प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले संसदमा सम्बोधन गरिरहेका छन् ।