आज :

चितवनका पुराना कम्युनिस्ट नेता न्याैपानेसहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

  • अनलाइन डबली

काठमाडाैँ । चितवनमा विभिन्न पार्टी परित्याग गरि सयाैं नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार एक कार्यक्रमबीच उनिहरूलाइ पार्टीमा स्वागत गर्नुभएकाे छ ।

चितवनका पुराना कम्युनिस्ट नेता हाल नेकपा एकीकृत समाजवादीका रहेका कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई प्रचण्डले स्वागत गर्नुभएको हाे ।

दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसक्नुभएका पुराना बामपंथी नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमति प्रदेश सदस्य हुनुहुन्छ ।

त्यस्तै एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमति प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र चितवनले जनाएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal