काठमाडौं । उद्योगीहरुले एकैपटक सिमेन्टकाे मूल्य बढाएका छन् । एकैपटक बाेरामा २५० रपैयाँ बढेपछि सर्वसाधारणदेखि निर्माण व्यवसायी विराेधमा उत्रिएका छन् ।
सरकारकाे मिलेमताेमा सिमेन्टकाे मूल्य बढाइएकाे भन्दै निर्माण व्यवसायीहरुले बढेको मूल्यमा खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।
याे मूल्य बढ्नुमा सरकारकाे हात रहेकाे समेत व्यवसायीहरूकाे भनाइ रहेकाे छ ।
यसैबीच सिमेन्टको मुल्य बृद्दीका बारेमा जानकारी दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी संसदीय समितिमा जाँदैछन् ।
सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उनलाई आज समितिको बैठकमा बोलाएको छ ।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको थियाे ।