आज :

इजरायल-हमासबीचको युद्धविराम सुरूमै संकटमा, गाजामा युद्धविराम नगर्न इजरायलकाे सेनालाई आदेश

  • अनलाइन डबली

काठमाडाैँ । आजवाट सुरू हुने भनिएको हमास–इजरायलबीचको युद्बबिराममा ढिलाइ भएको छ।

हमासले आफ्नो कब्जामा रहेका बन्दीहरूको नाम सार्बजनिक नगरेको भन्दै इजरायलले युद्बबिरामको समय सिमा बढाएको छ ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले गाजामा स्थानिय समय अनुसार बिहान ८ः३० बजेबाट सुरु हुने भनिएको हमासले बन्दीहरूलाई रिहा गर्नका लागि नाम जारी नगरेसम्म गाजामा युद्धविराम सुरु नगर्न आफ्नो सेनालाई आदेश दिएका छन ।

‘प्रधानमन्त्रीले आइडीएफलाई निर्देशन दिनुभएको छ कि बिहान ८ः३० बजेबाट लागू हुने भनिएको युद्धविराम इजरायलले हमासले उपलब्ध गराउने वाचा गरेको अपहरणकारीहरूको सूची जारी नगरेसम्म सुरु हुँदैन,’ प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत भनेको छ ।

हमासले प्राविधिक क्षेत्र कारणहरू देखाउँदै नाम हस्तान्तरण गर्न ढिलाइ  गरेको उसको आरोप रहेको छ । यद्दपी, गत हप्ता घोषणा गरेको युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको भने उसले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal