आज :

तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १२७ पुग्यो, केन्द्रबिन्दु आसपासमा १ सय नेपाली व्यवसायी

  • अनलाइन डबली

काठमाडौं । तिब्बतमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२७ पुगेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । मंगलबार विहान ६ः५० बजे चीनको तिब्बतको सिजाङ प्रान्तको सिगात्सेलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्प ७.१ रेक्टरस्केलको गएको हुँदा ठूलो मानविय र भौतिक क्षति भएको छ । खोज उद्दार कार्य जारी रहेकोले ज्यान गुमाउनेको संख्या अझै बढ्ने स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भूकम्पले चीनसँगै नेपाल, भारत र बंगलादेशमा समेत धक्का दिएको थियो ।

ल्हासास्थित महावाणिज्य दूतावासका अनुसार अहिलेसम्म त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेका छन् । दूताबासका अनुसार तिब्बतमा करिब पाँच हजार जना नेपालीहरु रहेका छन् । तीमध्ये भूकम्पको केन्द्रविन्दु दिङ्गी गाउँ र त्यस आसपासका क्षेत्रमा पनि करिब एक सय जना नेपालीले व्यवसाय गर्दै आइरहेका छन् । अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले संचारमाध्यमलाई जानकारी दिएका छन् ।

भूकम्पका कारण सिगात्सेमा मात्रै एक हजार बढी घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा बिजुली र पानी आपूर्ति प्रभावित भएको थियो ।

राष्ट्रपति सी जिनपिङले खोज, उद्धार र राहत वितरणका लागि पूर्णरुपमा परिचालित हुन र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

सीले भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन र आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैलाई सुरक्षित बास र न्यानो कपडा सुनिश्चित गर्न सम्बन्धीत अधिकारीलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal