आज :

कहिलै सभापति, कहिलै पीए काण्डले सार्बजनिक लेखा समिति नै बदनाम हुने खतरा

  • अनलाइन डबली

काठमाडौं । आर्थिक अनियमिततामा मुछिएका स्वकिय सचिवलाइ लेखा समितिका सभापति ऋषिकेश पाेखरेलले निष्काषन गरेका छन ।

मेडिकल अध्ययनकाे लागि नाम निकालिदिन्छु भन्दै एउटै व्यक्तिसँग ३८ लाख असुल गरेका थिए । उक्त विवादमा छानविन गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेपछि पाेखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट निष्काषन गर्न बाध्य भएका छन् ।

एमबीबीएस परीक्षामा नाम निकालिदिने भन्दै स्वकिय सचिव अनिलले रकम लिएको विषयमा उजुरी दिँदा समेत प्रहरीले नलिएपछि पीडित अदालत पुगेका थिए ।

उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमारलाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई गत भदौमा  परमादेश दिएको थियो । उक्त परमादेश पुस ११ मा प्रमाणीकरण भइसकेको छ ।

पाेखरेल निकट स्राेतका अनुसार अदालतकाे परमादेश पहिलै ठगिमा मुछिएकाे थाहा थियाे तर कारवाही गरेनन् । अदालतकाे परमादेशपछि चाैतर्फी विराेध हुन थालेपछि पाेखरेल कारवाही गर्न बाध्य भएका छन् ।

सुशासनलाई कायम गर्ने जिम्मेवारी बोकेको सार्वजनिक लेखा समितिलाई पोखरेल काण्डले बदनाम समेत भएको छ । कहिलै सभापति सहकारी काण्डमा मुछिने र कहिलै स्वकीय सचिव ठगि काण्डमा मुछिन थालेपछि समितिकै बदनाम भएको सरोकारवालाहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal