पोखरा । पर्यटकीय राजधानी पोखरामा संचालन भैरहेकोअन्तर्राष्ट्रिय बेलुन महोत्सवमा सयौ आन्तरिक तथा बाहिय पर्येटक पोखरेली आकाशको उच्च उचाइमा पुग्नेका छन् । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न मंगलबारदेखि पोखराको पामे क्षेत्रमा पहिलो बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव सुरु भएको हो ।
९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिन्छ।
यसैगरी ३० हजार भन्दै धेरैले महत्सव्मा सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।
४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिम श्रृङ्खलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्नको मज्जा लिन सकिने छ।
महोत्सव अवधिभर पोखराका स्थानीय सांगितिक ब्याण्डका साथै दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि दैनिक रुपमा हुने छन्।
सन् १९७२ मा अमेरिकाबाट सुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिभल अहिले विश्वभर को व्यवस्थापन गरेको छ। यो महोत्सवको संयुक्त आयोजकको रूपमा पोखरा पर्यटन काउन्सिल पनि रहेको छ।
न्यू मेक्सिकोमा वार्षिकरूपमा आयोजना हुने यो बेलुन फेस्टिभलमा ५०० वटा बेलुन उडाउने गरिन्छ। हरेक वर्ष करिब १० लाखभन्दा बढी पर्यटक यो फेस्टिभलमा सहभागी हुने गर्छन्।
सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ। यस वर्षको फेब्रुअरीमा बेलुन नेपाल प्रालि थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय बेलुन पर्वमा पनि सहभागी भएको थियो।