आज :

एनपीएलः अन्तिम खेलमा कर्णालीमाथि सुदूरपश्चिमको सानदार जित, अंकतालिकामा सुदूरपश्चिम १ नम्बर

  • अनलाइन डबली

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ । कर्णालीले दिएको १०२ रनको सामान्य लक्ष्यलाई सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरेका थिए । उनले ब्याटिङ २९ बलमा ३८ रन बनाए । बलिङतर्फ उनले २ विकेट लिए । ब्याटिङमा उनले इशान पाण्डेसँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए । इसान ३८ रनमा अविजित रहे । कर्णालीको बलिङमा कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो । कर्णालीका जिसन मक्सदले सर्वाधिक ३० रन जोडे । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाएका थिए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए । कर्णालीले इनिङ भरी नै एउटा पनि छक्का प्रहार गर्न सकेन । बलिङमा सुदूरपश्चिमका बलर हाबी भए । हर्मित सिंहले ३, स्कट कुइगेलेनले २ र सेफ जफरले एक विकेट लिए ।

हारका बाबजुद कर्णाली प्लेअफमा स्थान बनाएको छ । काठमाडौंलाई रनरेटमा पछि पार्दै कर्णालीले प्लेअफमा स्थान बनाएको हो ।
सुदूरपश्चिम टीमले ७ खेलमा ६ खेलको छ । योसँगै सुदूरपश्चिम अंकतालिकामा पहिलो नम्बरमा पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal