काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार, कुशासन र बेथितिका विरुद्ध भेला आयोजना गर्ने भएको छ । पार्टीको भक्तपुर जिल्ला समितिले आज आयोजना गरेको पत्रकार्सम्मेला मार्फत मंसिर २२ गते शनिबार प्रथम खुल्ला ऐतिहासिक जिल्ला भेलाको आयोजनाको सम्पुर्ण तयारी पूरा भईसकेको जानकारी गराएको हो ।
सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टी सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेका बिरुद्ध योजनावद्द रुपमा थुनामा राखी बयान लिने नाममा राजनितिक प्रतिशोध साध्दै आएको रास्व्पाले आरोप लगाउदै आएका छन् । रास्व्पाले यस बिरुद्ध आन्दोलनको स्वरुपमा जिल्लामा सांगठनिक उपस्थित ससक्त बनाउने उद्देश्य अनुरुप शंखधर चोक, मध्यपुर थिमिवाट –याली शुरु भई बिहान ८ः०० बजे दुईपोखरी (निगु पुखु) क्षेत्रमा खुल्ला सभा गरि उद्घाटन समारोह गर्ने भएको छ।
रास्व्पाले उक्त कार्यक्रममा जिल्ला भित्रका सम्पुर्ण अग्रगामी, न्यायप्रेमी र सुशासन चाहने जनसमुदायलाई सहभागी भई सभामा अत्यधिक सहभागिता जनाउन आव्हान एवं हार्दिक निमन्त्रणा समेत गरेको छ ।
यस्तो छ बिज्ञप्ति –