काठमाडौँ । लुती ( बालच: र्हे. इन्द्रायणी ) अजिमा जात्रा आज बात प्रारम्भ भएको छ । लिच्छवीकाल देखि मनाउदै आएको साँकृतिक , मौलिक परम्परागत जात्राको बारेमा प्रचार गर्ने उदेश्यले थँहिटी मानन्धर गुठिले बिहिबार पत्रकारहरु सागको भेट घातमा जात्राको बारेमा गुठीले विगतदेखि हाल सम्म ब्यबस्थापनको बारेमा पधाधिकारीहरुले आआफ्नो धारणा राखे ।
प्रत्येक वर्ष बालाचतुर्दशीका दिन क्षेत्रपाटी विष्णुमती किनारमा अवस्थित तीन तले इन्द्रायणी ( लुती )अजिमाको मन्दिर अगाडी जीवित सर्प , चरा र माछाका जोडी आगोमा दहन गर्दै बीभत्स जात्रा मनाइन्छ ।
यस्तो छ आख्यान –
ने सं १०५ मै राजा गुणकामदेवले काठमाडौ नगरलाई मन्जुश्रीको खड्गाकार आकृति आपने को स्थापित अष्टमातृका पीठमध्ये लुती अजिमा ( इन्द्रायणी ) एक मानिन्छ ।
धेरै सन्तानका आमा इन्द्राणीलाई पाहाच्र्हेमाआफ्नै दिदी – बहिनीले गरिब भनि हेला गरेको प्रतिसोध स्वरूप बाटोमा भेटेको फर्सी बात सुन प्राप्तपछि लुतीमरु अजिमा भनिएको हो । दिदि बहिनीमा जेठी
इन्द्रायणी ( लुती )अजिमा आफ्नै बहिनिहरुकहा भोज जादा आफ्ना सन्तानलाइ हेला गरे छन् । पाउना गएको ( लुती )अजिमालाइ यसरी हेला गरेपछि केहि नखाई बच्चा बच्ची सहित केहि नखाई फर्के , भोकाएका सन्तानहरुलाई खुवाउन बाटामा फलेको फलेको फर्सी टिपेर संगै लिएर आए छन् । भोकले चुर बच्चा बच्ची केहि नखाई सुते , अर्को दिन सो फर्सी सुनको रुपमा परिवर्तन भए पछी , उनीहरुको दिन पनि परिवर्तन हुदै गयो ।
प्रत्यक बर्ष झैँ अर्को बर्ष पनि आफ्ना दिदि बहिनीले पाहुना बोलाए । अभाब बात दिन फेरिए पछी उनीहरु संग नयाँ लुगा र सुनका गहनाले तम्मं सजिदा ब्यबहार र मान मर्दन पनि फेरिए । बहिनीहरुले मान सम्मान गर्दै मिठा खनाहरुले स्वागत गरे। यो देखेपछी अजिमाले उक्त खानाका परिकारहरु आफुले धारण गरेका गहनाहरुमा लगाउदै यो सम्मान आफुलाई नभएर सुनका गहनालाइ गरेको भन्दै जुरुक्क उठेर आफ्ना सन्तान सहित फर्के ।
कछलागा त्रियोदशी ( बाला चर्हे एक दिन अघि ) त्यौडकोद्य:छें ( थकुचुक ) बात जात्रा सुरु हुन्छ। थकुजुजु थकाली द्वारा राती गुह्य तान्त्रिक पूजा गर्ने र होमकुण्डमा जिवितै एक जोडी चराका जोडीमा एउटालाई आगोमा र अर्कोलाई आकाशमा, एक जोड़ी माछामा एउटालाई पानीमा र अर्को पानीमा , एक जोडी सर्पमा एउटालाई आगो र अर्कोलाई जमिनमा छाडिन्छ । काठमाडौँ नगरलाई थँहिटी र को हिटी गरी दुई भागमा छुट्याएको छ । बालाच्र्हेमा हुने लुती अजिमा जात्रा थहिटी वासीको प्रमुख जात्रा भनिन्छ। अजिमाका साथ क्षेत्रपाटीको स्वाछफ्व गणेश , धोबीचौरको भ्वरि गणेश, मजिपा:को ज्वालामाइ, नरदेवीको माँखचालाइ खटयात्रा गर्दै थँहिटीमा बृहत् पूजा लिइन्छ, भने औशीसम्म जात्रा रहन्छ।