काठमाडौं । हिजो सम्पन्न अमेरिकाको नयाँ राष्ट्रपतिको निर्वाचनको मत गणना जारी रहेको छ । यो समाचार तयार पार्दासम्म रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प करिब ६ गुणा मतले अगाडि छन् ।
ट्रम्पले १५४ इलेक्टोरल मत पाउँदा मेडोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ३० इलेक्टोरल मत पाएको बिबिसीले जनाएको छ । मत गणना जारी रहेको छ । तर ट्रम्पले यही गतिमा अग्रता लिएभने कमलाले ट्रम्पलाई पछाडि पार्ने सम्भावना नरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन् ।
जितको लागि ट्रम्पलाई अब ११६ इलेक्टोरल मत आवश्यक रहेको छ ।
त्यसैगरी गणना भएको मतमध्ये कमलाले ४६.१ प्रतिशत र ट्रम्पले ५२.६ प्रतिशत मत पाएका छन् ।