आज :

नेपाल संम्वत्लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउनुपर्छ : उपप्रमुख डंगोल

  • अनलाइन डबली

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल संम्वत्लाई सबैले चिन्नुपर्ने बताएकी छन् ।

शनिबार नेपाल संम्वत् ११४५ को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल संम्वत्लाई सबैले जान्ने , बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गरेकी हुन् ।

उनले भनिन् ,‘नेपाल संम्वत्को आफ्नै मौलिक पहिचान छ । व्यवहारीक रुपमा पनि यसको निकै महत्व छ । हामीले मनाउने  विभिन्न संस्कृति, कलाकृति, जात्रा पर्वहरु सबै हामीले नेपाल संम्वत्कै आधारमा मनाउँछौं । यसकारण पनि नेपाल संम्वत्लाई हामीले प्रयोग गर्नुपर्छ । यसलाई अझै धेरैले जान्ने, बुझ्ने, प्रयोग गर्न सक्ने बनाउनुपर्छ । ’

साथै  उनले मनाउँदै  आइरहेको  र  व्यवहारमा लागु  गरिरहेको  नेपाल संम्वत्लाई बलियो बनाउनुपर्ने बताइन् । उनले प्रशासनिय रुपमा नेपाल संम्वत्लाई तिव्र गतिमा लैजान ध्यान दिनुपर्ने बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal