आज :

स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको लागि गीत दर्ता खुल्ला

  • अनलाइन डबली

संसारकै सबैभन्दा ठुलो अवार्ड दाबी गरिएको स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको लागि गीत दर्ता खुल्ला गरिएको छ । संसार क्रिएसन्सबाट बुधबार ललितपुरको खोकनामा आयोजित एक कार्यक्रममा अवार्डको तेश्रो संस्करणका लागि दर्ता खुल्ला भएको घोषणा गरिएको हो ।

कार्यक्रममा संसार क्रिएसन्का क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले तेश्रो संस्करणसम्म आइपुग्दा अवार्डलाई व्यापकता दिँदै यसलाई राष्ट्रिय स्तर लग्ने प्रयास गरेको बताए । ‘यस अवार्डलाई संसारकै ठुलो र लामो अवधिको अवार्डको रुपमा गिनिज बुकमा दर्ता गराउन खोजिरहेका छौं । तेश्रो संस्करणमा आइपुग्दा राष्ट्रिय स्तरमा लग्दै यसको नाम संसार राष्ट्रिय म्यूजिक भिडियो अवार्ड्स बनाएका छौं’ क्रिएटिभ डाइरेक्टर महर्जनले भने ।

संसार क्रिएसनले नेपालीहरुको दोश्रो महान चाड तिहार र नेपाल सम्वत ११४५ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा संसार क्रिएसन्सकी संस्थापक प्रेमा संसार महर्जनले संस्थाको परिचयसँगै संस्थाले गर्दै आएका गतिविधिहरुको बारे जानकारी राखीन् । ललितपुर महानगरपालिका वडा २१ का वडाध्यक्ष रविन्द्र महर्जन, वरिष्ठ संगीतकार रत्न बेहोशी बज्राचार्य, वरिष्ठ निर्देशक तथा रचनाकार पवन जोशीलगायतले आआफ्ना विचार राखेका थिए । साथै वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ संगीतकार राजु सिंह, गायिका साथै संसार संगीतालयकी संरक्षक सरिता महर्जन, प्रकृती प्रेमी समूहका संरक्षक लक्ष्मीनारायण सिं सुवाल र वरिष्ठ साहित्यकार विक्रम भक्त जोशीले तिहार र नेपाल सम्वत ११४५ नयाँ वर्षको शुभकामनासहित आआफ्ना मन्तव्य राखेका थिए । सोही कार्यक्रममा संसार अनलाइन टिभी युट्युब च्यानलमा अपलोड भएका गीतहरुको सर्जकलाई भ्यूजको आधारमा रोयल्टी वितरण गरिएको थियो । त्यस्तै युट्युब च्यानलको टप ५ भ्यूज गीतलाई बधाई पत्रसहित सम्मान गरिएको थियो ।

साथमा एज्लिना राईले नृत्य र सरीता महर्जन, स्वतन्त्र संसार महर्जन, सरस्वती मानन्धर, राजेन्द्र श्रेष्ठ, सविना मानन्धर, राजेन्द्र शाक्य, एलन शाही, समा डंगोल, राजु नकर्मी, बीणा महर्जन, चेकराम अवाले र प्यारी सुवाल लगायतका गायक गायिकाले गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal