आज :

कमलाले जितिन् भने तेस्रो विश्वयुद्ध हुन्छः ट्रम्प

  • अनलाइन डबली

काठमाडौं । अमेरिकाको राष्ट्रपतिका रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पले अर्की प्रतिस्पर्धी कमला ह्यारिसले जित तेस्रो विश्वयुद्ध हुने बताउँदै त्यसमा लाखौं मानिसहरुको ज्यान जाने बताएका छन् ।

आफ्नाे चुनावको करिब अन्तिम सम्बोधनको क्रममा ट्रम्पले ह्यारिस पूर्णतया अयोग्य भएको र यसका कारण उनी अमेरिकाको राष्ट्रपति बन्न योग्य नभएको पनि दाबी गरे ।

‘सबैलाई थाहा छ कि उनी पूर्णतया अयोग्य छिन् । कसैले उनलाई सम्मान गर्दैनन्, कसैले उनीमाथि विश्वास गर्दैनन्, कसैले उनलाई गम्भीर रूपमा लिँदैन’ ट्रम्पले भने ।

वर्तमान उपराष्ट्रपति समेत रहेकी कमलाले पनि ट्रम्प राष्ट्रपति बन्न अयोग्य भएको बताउँदै आफ्नो पक्षमा मत तान्ने प्रयास गरिरहेका छन् ।

यही नोभेम्बर ५ मा अमेरिकामा नयाँ राष्ट्रपतिको लागि चुनाव हुँदैँछ । सार्वजनिक सर्वेक्षणले ट्रम्पभन्दा कमलालाई अगाडि देखाएका छन् । तर अघिल्लो चुनावमा यी सर्वेक्षणको अनुमान फेल भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal