काठमाडौँ, कात्तिक १२ गते । प्रथम उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता २०८१ हुने भएको छ । नेपाल एकायन कराँते सङ्घले आज पत्रकार भेटघाट कार्येक्रम गरि यही कात्तिक २४ र २५ गते लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको कभर्ड हलमा प्रतियोगिता हुने जानकारी दिएको हो ।
काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा हुने यस प्रतियोगितामा महिलातर्फ ६ तथा पुरुषतर्फ ८ गरी कूल १४ तौल समूह रहेका छन् । नेपाल एकायन कराँते सङ्घका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले यस प्रतियोगितामा काठमाडौँ महानगरपालिका भित्र सञ्चालित नेपाल एकायन कराँते सङ्घका विभिन्न शाखा तथा विद्यालय प्रशिक्षण केन्द्रहरूका खेलाडीले सहभागिता जनाउने जानकारी दिनुभयो । प्रतियोगितामा दुइ सय खेलाडीले प्रतियोगितामा सहभागिता रहने छन् ।
अध्यक्ष डङ्गोलले विगतमा विभिन्न राष्ट्रिय लगायत इन्डो–नेपाल र दक्षिण एसियाली एकायन प्रतियोगिता सम्पन्न गरिसकेको बताउनुहुँदै अब आगामी पुसमा एसियाली एकायन कराँते च्याम्पियन्सीपको आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । महिलातर्फ ६ विधामा खेल हुने छ ,भने पुरुष तर्फ ८ वटा विधामा खेल हुने डंगोलले बताए । प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने बिजयि खेलाडीहरुलाई नगद तथा सम्मान गरिने छ । नेपाल एकायन कराँते सङ्घ २०७२ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको हो ।