आज :

काठमाडौं-हेटौंडा जोड्ने कुलेखानी-सिस्नेरी सडक सञ्चालनमा 

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने कुलेखानी-सिस्नेरी सडक सञ्चालनमा आएको छ । दशैं अघि आएको बाढी-पहिरोबाट अवरुद्ध भएको हेटौंडा जोड्ने काठमाडौं- कुलेखानी–फाखेल–सिस्नेरी सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।

मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार गरेर सडक दुईतर्फी संचालनमा आएको हो । सडक अस्थायी रुपमा संचालनमा आएसँगै काठमाडौं-हेटौडा जाने यात्रुहरुलाई केही राहत मिलेको छ ।

क्षतिग्रस्त सडक असोज २० गतेदेखि एकतर्फी रुपमा सडकमा यातायात सञ्चालन भएको थियो । ह्युमपाइप राखेसँगै दुईतर्फी यातायात संचालनमा आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal