आज :

तिहारको मुखमा सरकारले बढायो पेट्रोल-डिजेल र मट्टितेलको मूल्य, महंगी बढ्न सक्ने 

  • अनलाइन डबली

काठमाडौं । सरकारले तिहारको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो।

निगमले पेट्रोलमा १ रुपैयाँ बढाएको छ। यस्तै, डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाइएको छ। खाना पकाउने र हवाइ इन्धनको मूल्य भने अहिलेलाई यथावत राखिएको छ ।

नयाँ मूल्य सूची अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, भलवारी, धनगढी र वीरगञ्चमा पेट्रोलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ भएको छ। यस्तै, डिजेल र मट्टितेलको १४८.५० रुपैयाँ भएको छ।

यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ हुने भएको छ।

काठमाडौं, पोखरा र दिपालयमा भने पेट्रोलको मूल्य १५९ रुपैयाँ हुने भएको छ। डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ हुने भएको छ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेसँगै तिहारको मुखमा महंगी बढ्न सक्ने बताइएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal