आज :

साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

  • अनलाइन डबली

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर १७(विहीबार) देखि ३० सम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार एन्फाले च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएका हो ।

प्रतियोगितामा नेपाललगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरि सात टीमले सहभागिता जनाउँदै छन् ।

सहभागी टोलीहरु मध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेका छन् भने भारत र भुटान बुधबार बिहानसम्म काठमाडौ आइपुग्ने जानकारी गराइएको छ ।

प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ ।

प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट.जेभियर्स स्कूलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको टेलिभिजन प्रसारण, मार्केटिङ र डिजिटल अधिकार एडी रिलिजलाई प्रदान गरिसकिएको छ ।

प्रतियोगिताका सम्पुर्ण खेलहरु कान्तिपुर म्याक्स एच्डीबाट प्रत्यक्ष प्रशारण गरिनेछ । प्रतियोगिताको टिकटको अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिलाई प्रदान गरिएको छ ।

प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ तीनसय रुपैंयाँ र भीआइपी तर्फ पाँचसय रुपैंयाँ तोकिएको छ ।

नकआउट चरणका खेलहरुको टिकट दर साधारण पारापिटतर्फ पाँचसय रुपैंयाँ, भीआईपीतर्फ एक हजार रुपैंयाँ कायम गरिएको छ । प्रतियोगितामा १० बर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ ।

प्रतियोगिता अवधिभर दर्शकहरुको सुविधाको लागि रंगशाला परिसर भित्रै खाजाको व्यवस्था पनि गरिएको छ । यसका लागि शिवांश फुड एण्ड बेभरेज प्रालिसँग सम्झौता गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal