काठमाडौं । ताइवानका राष्ट्रपति विलियम लाईले ‘एक चीन नीति’ विरुद्ध अभिव्यक्ति दिएपछि जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ आक्रोसित बनेका छन् । त्यसको प्रतिक्रियामा चीन समुद्री टापुमा युद्ध अभ्यास सुरु गरेको छ ।
जनमुक्ति सेनाले सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको हो । चीनले ‘स्वर्ड–२०२४ बी’ नाम दिएको अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् । उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ ।
चीनले यसअघि पनि ताइवानको वरिपरि ठूलो युद्ध अभ्यास गरेको थियो । चीनको क्षेत्रमा पर्ने उक्त टापु ताइवानले पनि दाबी गरेपछि विगतदेखि तनाव जारी रहेको छ ।
अमेरिकाको उक्साहटमा ताइनवानले सो जल क्षेत्रमा दाबी गरेको चीनको भनाई रहेको छ ।
ताइवानका राष्ट्रपति विलियमले विना प्रसंग आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएका थिए । उनको उक्त अभिव्यक्तिपछि चीन आक्रोसित बनेको हो ।