काठमाडौं । हुथी विद्रोहीहरुले अमेरिकालाई कडा जवाफी कारवाही गरेका छन् । लेबनानको राजधानी बेरुत नजिकैबाटै हुथी विद्रोहीहरुले अमेरिकाका दुईवटा जहाजमाथि रकेट र मिसाइल प्रहार गरेका छन् ।
मिसाइल प्रहारबाट ‘ओलम्पिक स्पिरिट’ नामक जहाज अमेरिकी जहाज ध्वस्त भएको छ । मिसाइल प्रहारपछि जहाजमा आगो लागेको तस्विर अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचार प्रसारण गरेका छन् । हुथी विद्रोही विरुद्ध अमेरिकाले ओलम्पिक स्पिरिटलाई लाल सागरमा तैनाथ गरेको थियो ।
त्यसैगरी अमेरिकाले हिन्द महासागरमा तैनाथ गरेको दोस्रो जहाज ‘सेन्ट जोन’ लाई पनि हुथी विद्रोहीले मिसाइल प्रहार गरेर ध्वस्त बनाएका छन् । नोभेम्बर २०२३ देखि अहिलेसम्म हुथी विद्रोहीहरुले अमेरिकाका गरी १ सय जहाजहरूलाई ध्वस्त बनाइसकेका छन् । तीमध्ये दुईवटा जहाज पनि डुबेका छन् ।
गाजामा अमेरिकाको सहयाेग इजरायलले गरेको हमला जारी राखेको पछिल्ला दिनमा अमेरिका र बेलायतले संयुक्त रुपमा हुथी विरुद्ध गरेको हवाई हमलाको बदलास्वरुप हजाजमा हमला गरिएको बताइएको छ ।