आज :

राजाको सिको गर्दै राष्ट्रपति, ३ः३० बजे सर्वसाधारणलाई टिका लगाइदिने 

  • अनलाइन डबली

काठमाडौं । राजतन्त्रत्मक व्यवस्थामा राजालेझैं संघीय लोकतान्त्रिक गणतन्त्रत्मक व्यवस्थामा राष्ट्रपतिले पनि सर्वसाधारणलाई दशैंको टीका लगाउन थालेका छन् ।

यसअघिका राष्ट्रपतिहरुले राजाहरुको सिको गर्दै सर्वसाधारणलाई टीका लगाएका थिए । यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले पनि त्यसलाई निरन्तरता दिने भएका छन् । पौडेलले आज दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यसअघि राष्ट्रपति पौडेलले दिउँसो ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाउने कार्यक्रम तय भएको छ । उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने छन् । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ ।

त्यसपछि बल्ल सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम तय गरिएको छ । यसले पनि के देखाएको छ भने गणतन्त्रका राष्ट्रपतिहरुमा पनि राजतन्त्रका राजाहरुलेझैं आफूलाई सबैभन्दा माथि ठान्ने सामन्ती मनोविज्ञान रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal