आज :

कुनैपनि देशमाथि हस्तक्षेप चाहँदैनौंः नारायणकाजी श्रेष्ठ

  • अनलाइन डबली

नेपाल-भेनेजुएल मैत्री संघको घोषणा, राष्ट्रपति निकोलस मादुरोलाई बधाई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु कुनैपनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन् । श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत बताए ।

शनिबार संवाद डबलीमा ‘नेपाल–भेनेभुएला मैत्री संघ’ को घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले भेनेजुएलामा कस्तो शासन बन्छ, त्यो अरुको चाँसो नभएर भेनेजुएलाका जनताले कस्तो सशासन चाहन्छन् भन्ने मुख्य कुरा भएको बताए । उनले कुनैपनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षे हुनु गलत रहेको बताए ।

आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिवद्धताबारे अन्य देशहरुले भेनेजुएलाबाट सिक्न पर्ने समेत बताउँदै श्रेष्ठले पूर्वराष्ट्रपति चावेजविरुद्ध विगतमा देशी तथा विदेशी शक्तिको हस्तक्षेपलाई जनताले परास्त पारेको समेत बताए ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भारत र चीनसँग मैत्रीपूर्ण, समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम गर्न समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा सम्बन्ध राख्नुपर्नेमा जोड दिए । उनले संविधानका प्रावधानहरुलाई पकडेर समाजवादमा पुग्न सकिने दाबी समेत गरे ।

संघका अध्यक्ष नहेन्द्र खड्काले नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन संघले भूमिका खेल्ने बताए । चौतर्फी घेराबन्दीबीच भेनेजुएलाका जनताले आफूले रोजेको शासन र नेतृत्वको रक्षाको लागि कसैसँग सम्झौता नगरेको बताउँदै खड्काले त्यसबाट अरुले पाठ सिक्नुपर्ने बताए ।

अध्यक्ष खड्काले साम्राज्यवादीहरूले नेपाललाइ क्रिडास्थल बनाउन खाेजेकाे समेत दाबी गरे ।

संघका महासचिव फणिन्द्रराज पन्तले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष चिरागमानसिंह कुँवर, उपाध्यक्ष राविराम शर्मा, उपमहासचिव राजन कार्की, कोषाध्यक्ष लक्ष्मी अधिकारीले नेपाल र भेनेजुएलाबीचको सम्बन्ध जनस्तरसम्म पुर्याउने पर्नेमा जोड दिएका थिए ।

संघको अर्का उपाक्षमा मोहन गौतम, सदस्यमा कृष्ण गिरी, दामोदर पौडेल, हेमन्त भट्टराई रहेका छन् ।

संघले केही समयअघि भएकाे चुनावमा निर्वाचित भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई बधाई दिँदै कार्यकालकाे सफलताकाे शुभकामना दिएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal