आज :

चाडवाडका बेला कुनैपनि विमान होल्ड नगर्न मन्त्री पाण्डेको निर्देशन

  • अनलाइन डबली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनैपनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

विमान परिचालकहरुको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका दुईवटा उडान रद्ध भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक/परिचारिका ) हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् ।

छलफलका कममा मन्त्री पाण्डेले चाडबाड र संकटको अवस्थामा कुनैपनि हालतमा सेवालाई नरोक्न आग्रह गरेका छन् ।

उनले भने, ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछुट्टै आदेश दिएको छ । उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन । यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन ?  यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्छौ । चाडबाड र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस् ।’

मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवम् परिचालकहरुले भने आजै पुनः छलफल गरि काममा फर्किने गरि टुंगोमा पुग्ने विश्वास दिलाएका छन् ।

निगममा कार्यरत परिचारिका र परिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए ।

उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal