आज :

वाग्मती प्रदेशसभाको चालु अधिवेशनको अन्त्य

  • अनलाइन डबली

हेटौंडा । वाग्मती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको दोस्रो कार्यकालको चौथो तथा १४औं अधिवेशन अन्त्य गरिएको हो ।

वाग्मती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद दोवकोटाले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश अधिवेशन अन्त्य गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्‌को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

गत ३१ वैशाख २०८१ बाट सुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनमा ३७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal