आज :

विपत्तिमा वायुसेवा संचालककाे बदमासी, बढी भाडा नलिने उदाराे घाेषणा

  • अनलाइन डबली

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अधिकतम मुल्य (अपर लिमिट) को भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो ।

अहिले सडक सञ्जाल अवरुद्ध रहेको समयमा दुई दिन देखि तीनसम्मको टिकट अग्रिम बुकिङ भइसकेको अवस्थामा संघले तीन दिन अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै झुक्कएको हो । अहिले उपलब्ध अनलाइन र विमान कम्पनिका वेभसाइटहरुमा पनि १६ गतेसम्मका टिकट उपलब्ध रहेको छैन ।

वायुसेवा कम्पनि यति एयरलाइन्सको वेभसाइटमा असोज १६ गते काठमाडौँ देखि भैरहवाको भाडादर ८ हजार ५५५ देखाएको छ । जबकी यसअघि सामान्य अवस्थामा यतिले यहि रुटमा ५ हजार २ सयमा टिकट बेचिरहेको थियो । त्यस्तै इसेवामार्फत हेर्दा १७ गतेका लागि ६ हजार २२२ टिकटदर देखाएको छ ।

संकटको अवस्थाक साथै चाडपर्वको अवसरमा वायुसेवा कम्पनीले भाडामा मनोमानी गर्ने गरेको पहिलो पटक भने होइन । हरेक बर्ष चाड पर्वमा हवाई भाडादर आकासिने गरेको पाइन्छ । तर सरकार र नियमन निकाय भने अहिलेसम्म एक्सनमा आएको पाइदैन ।

संघले आइतबार भनेको थियो- संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरुले यस विपद्को घडिलाई मध्यनजर गर्दै मिति २०८१ असोज १४ गते सोमवार देखि मिति २०८१ असोज १६ गते बुधवारका दिनसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अपर लिमिटको भाडादरमा टिकट नवेच्ने निर्णय गरियो ।’

अर्को तर्फ पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले पनि सचिवालय मार्फत मन्त्रीको पहलमा बायुसेवा कम्पनीले टिकटको मुल्य घटाएको झुटो प्रचार गरे । तर आम यात्रुले १६ गतेसम्म टिकटनै नपाएको अवस्थाको आकलन मन्त्री स्वयंले गर्न सकेको देखिएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal