आज : २०८२ बैशाख, २९

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना

  • अनलाइन डबली
  • २०८१ भाद्र ०६ गते   ०६:५४ बजे

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नजिकिँदै गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनको लागि ‘Festive Offer of Vehicle Loan’ गाडी कर्जा योजना ल्याएको छ ।

मासीक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने यस योजनमा उल्लेख छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मुल्यको विधुतीय गाडी (इभी) को हकमा बढिमा ८० प्रतिशत र पेट्रोल÷डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा ७ वर्षसम्म कर्जा अवधि दिइनेछ । यो योजना २०८१ भदौ १ देखि कातिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ ।

योजना अन्तर्गत कर्जा लिइएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुनेछैन । निवेदन दिएको ७ कार्य दिनभित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुनेछ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal