काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिको दोस्रो सम्मेलन भएको छ । यही भदौ २७ गते दाङ घोराहीमा उद्घाटन भएको सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ ।
नयाँ नेतृत्वको चयनको लागि निर्वाचन प्रक्रिया अगाडि बढेको थियो । तर, अन्तिममा उम्मेदवारबीच भएको छलफलले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ ।
सम्मेलनले पुष्कर शर्माको अध्यक्षतामा ६१ सदस्यीय प्रदेश समिति चयन गरेको छ । जसको उपाध्यक्षमा गिरबहादुर महरा, प्रतिक अधिकारी, कपिल चापागाई, मदन घर्ती, मीना डाँगी, सपन पौडेल, रमेश पाण्डे रहेका निर्वाचित भएका छन् । डाँगी निर्विराेध निर्वाचित भएकी थिइन् ।
त्यसैगरी प्रमुख सचिवमा महेश बस्नेत र सचिवमा ललित बहादुर विष्ट, जयकुमार श्रेष्ठ ‘सोहेलु’ सन्ध्या पाण्डे निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा मदन रावल निर्वाचित भएका छन् । सचिव पाण्डे निर्विराेध निर्वाचित भएकी थिइन् ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको सम्मेलनको उद्घाटन गर्दै पार्टीका उपाध्याक्ष कृष्ण बहादुर महराले क्षयीकरण हुँदै गइरहेको विद्यार्थी आन्दोलनलाई शसक्त बनाउने जिम्मा अखिल क्रान्तिकारीको काँधमा आएको बताउँदै परिस्थितिसँग जुध्न सक्ने नेतृत्व चयन गर्न सुझाव पनि दिएका थिए ।
सम्मेलनमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपानी खनाल ‘बलदेव’ सह–इन्चार्ज कुल प्रसाद केसी सोनाम, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष शुदर्शन बराल, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोख बहादुर महराको उपस्थिति रहेको थियो ।
सम्मेलनमा संगठनका केन्द्रीय अध्यक्ष पञ्ज सिंहसहितका केन्द्रीय नेताको उपस्थिति रहेको संगठनका केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावलले जानकारी दिए । उनले लुम्बिनी प्रदेशका सबै जिल्लाका सम्मेलन सकिएको जानकारी पनि दिए ।