आज :

जनयुद्धलाई ‘हिंसा’ भन्ने शब्द फिर्ता नभएसम्म माओवादी केन्द्रले संसद अवरोधलाई निरन्तरता दिने

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमान गरेर बोलिएको शब्द फिर्ता गरी समाधान नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘हामीले संसद अवरोध गरिरहेका छौं । माओवादीबाट सञ्चालित दश बर्षे सशस्त्र जनयुद्ध थियो यो कुरालाई शान्ति प्रक्रियामा उल्लेख गरेर अगाडि बढिरहेका छौं । संविधानमा जसरी सबै कुरालाई इङ्गित गरेका छौं । जनयुद्धलाई अपमानित गर्ने हिसाबले एमालेका सांसद योगेश भट्टराईले अभिव्यक्ति दिनुभयो । त्यतिबेलामा पनि शसक्त  प्रतिवाद गरेका थियौं ।  २६ गतेको बैठकमा सभामुखको रुलिङ हिंसा शब्दलाई मात्रै केन्द्रित गरेर मात्र आयो । जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गरेको उहाँको भाव छ । त्यसलाई प्रतिरोध गर्नुपर्छ । यि विषयमाथि समस्या समाधान नभएसम्म संसद अवरोध निरन्तर गर्ने छौं ।’

त्यस्तै माओवादी केन्द्रले सत्ता गठबन्धनले उपसभामुखलाई हटाउन खोजे प्रतिवाद गर्ने निर्णय पनि गरेको उनले जानकारी गराए  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal