काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तीन जनाको ज्यान जाने गरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रचण्डले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बाग्लुङमा भएको सवारी दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले उनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
शुक्रबार बिहान काठमाडौंबाट रुकुमपूर्व जाँदै गरेको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको रा १ झ २०० नम्बरको जीप बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा दुर्घटना भएको थियो ।
जीप दुर्घटनामा माओवादी नेतृसहित तीनै जनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे भने जीप चालक २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।