काठमाडौँ । सत्ता गठबन्धन दलको बैठक बस्दैछ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवााबीच भेटवार्ता भएको थियो ।
न्यूनतम साँझा कार्यक्रम समेत ल्याउन नसकेको गठबन्धन दलहरुले आज सरकारका कामकारवाहीको समिक्षा गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।
आजै मन्त्रिपरिषद् बैठक पनि बस्दैछ ।
आइतबारको भेटमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी थिए ।