आज :

नगरकाेटमा वनको जग्गामा मामा-भान्जीको रजाइँ, अवैध संरचना बनाएर भाडा कुम्ल्याउँदै

  • अनलाइन डबली

काठमाडौँ । नगरकोटमा वनको जग्गामा मामा र भान्जीले अवैधरूपमा संरचना बनाएर भाडा खाँदै आएको खुलासा भएको छ । काभ्रेकाे मण्डनदेउपुर-२ नगरकोटमा दिलिप नरसिंह राणा र डा. अभिलाशा शाहले वनको जग्गामा अवैध संरचना बनाएर भाडा खाने योजना बनाएको खुलासा भएको हो ।

राणा र शाह मामा र भान्जी हुन् । वनको जग्गामा रिसोर्ट संचालनको लागि २०७७ मा १० बर्षको लागि सम्झौता गरिएको थियो । द लस्ट होराईजन (हाल ‘जायका रिसोर्ट द जंगल रिट्रिट’) लाई भाडामा दिने सम्झौता भएको थियो ।

उक्त ठाउँमा राणा र शाहको नाममा संयुक्त रुपमा कित्ता नं. ९३८ को क्षेत्रफल १ रोपनी ८ आन, एक दाम र कित्ता नं. ९३९ को ४ आना क्षेत्रफलमा २ वटा र ४ वटा घर वन क्षेत्रमा रहेको रहेको देखिएको छ ।

वन क्षेत्रमा रहेको उक्त संरचना आफ्नो निजि भन्दै रमेश भट्टराईसँग राणा र शाहले २०७७ मा फरकफरक करार सम्झौता गरेका थिए । राणाले मासिक ६० हजार रुपैयाँ लिने भन्दै २०७७ भदौ १ गते सम्झौता गरिएको थियो भने शाहले २०७७ चैत्र १ गते मासिक ५० हजार रुपैयाँ पाउने गरी भट्टराईसँग करार सम्झौता गरिएको थियो ।

नगरपालिकाको टोली आएर उक्त संरचना वन क्षेत्रमा पर्छ भन्ने खबर गरेपछि भट्टराईले जग्गाको सीमांकन गरी पाउँ भन्दै वडामा निवेदन दिएका थिए । नगरपालिकाबाट गएको प्राविधिक कर्मचारीको नापजाँचले राणा र शाहले चारवटा घर वन क्षेत्रमा बनाएको पुष्टि भएको थियो । त्यसपछि भट्टराईले आफूले रिसोर्ट संचालन प्रयोजनको लागि भनेर करार गरेका संरचना वनमा परेको पक्का भएपछि वडा कार्यालयलाई खबर गरेका थिए । आफूले दुबै पक्षसँग छलफलको लागि वडा कार्यालयमा पटकपटक आग्रह गर्दा पनि टार्दै गएको भट्टराईले बताए ।

भट्टराईले आफूले करार गरेको जग्गा सीमांकनको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेमा जेठ २७ गते निवेदन दिएका थिए । सोहीअनुसार जिल्ला प्रशासनको निर्देशनपछि नापी कार्यालयबाट गएका प्राविधिक कर्मचारीहरुले उक्त जग्गाको सीमांकन गरेका थिए । २०८१ असार ५ गते नापी काभ्रेबाट खटिएका प्राविधिक कर्मचारीले तयार गरेको सीमांकन प्रतिवेदन असार १३ गते पेश गरिएको थियो । यो प्रतिवेदनले राणा र शाहले वनको जग्गामा संरचना बनाएको पुष्टि भएको छ ।

नापी कार्यालयबाट तयार गरिएकाे नयाँ नक्साः राताे घेरामा भएकाे जग्गा मात्रै राणा र शाहकाे हाे । 

वनको जग्गामा संरचना बनाएको पुष्टि भएपछि राणा र शाहले भट्टराईलाई उठिबास लगाउने योजना बनाए । वनको जग्गामा संरचना बनाएर भाडामा दिन नमिल्ने भएपछि रातारात लखेट्न लागेको भट्टराईको दाबी छ । त्यसको लागि राणा र शाहले प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिको साहरामा भट्टराईलाई खाली गर्न दबाब सिर्जना गरिरहेका छन् ।

विना जानकारी एकतर्फी करार रद्द गरिएको भन्दै जग्गा धनीले ढोकामा सूचना टाँस गरेका थिए । साउन २७ गते राणा र शाह प्रहरीसहित एकहुल रिसोर्टमै आएर खाली गर्न भनिएको थियो । भट्टराईले आफ्नो लगानीको कुरा गरेर उनिहरुले भनेको समयमा आफू खाली गर्न नसक्ने बताएका छन् ।

साउन २७ गते नै वडा अध्यक्ष र प्रहरीसहित आएको टोलिले जबरजस्ती गरेर १५ दिनभित्र घर खाली गर्छु भन्ने कागजमा हस्ताक्षर गर्न लगाएको भट्टराईले बताएका छन् । उक्त लिखतमा ‘गुण्डाशैली’ मा प्रहरीले दबाब दिएर भट्टराई पन्ती ऐश्वर्य बस्नेतलाई पनि साक्षीमा हस्ताक्षर गर्न लगाईयो ।

यस विषयमा जग्गाधनी डा. शाहले भने वन क्षेत्रको जग्गा आफ्नो नै भएको दाबी गरेकी थिइन् । उनले आफूले डिएफओ र नापीसँग कुरा गरेर कुरा मिलाइसकेको बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal