आज :

इन्द्रावती नदीमा पहिरोः मेलम्ची बजार-हाइड्रोपावरसहितका क्षेत्र खतरामा, जारी भयो यस्तो सूचना

  • अनलाइन डबली

काठमाडौं । सुख्खा पहिरोका कारण इन्द्रावती नदी थुनिँदा तटिय क्षेत्रमा खतरा बढेको छ । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका -७ तिपेनीमा गएको सुख्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएको हो।

गएरातिदेखि आएको पहिरोले नदी थुनिँदा मेलम्ची, तिपेनीलगायत तटीय क्षेत्रका बासीलाई सतर्क रहन आग्रह गरिएको छ । पहिरोले पूरै नदी थुनेको त छैन तरपनि पहिरो नरोकिएका कारण खतरा नटरेको बताइएको छ ।

अझै पनि सुख्खा पहिरो झरिरहेकाले के हुन्छ भन्न सक्ने अवस्था नभएको स्थानीय बताए । स्थानीयका अनुसार पहिरोका कारण पाँच पोखरी प्राथमिक अस्पताल, हाइड्रोपावर, मेलम्ची, तपेनी बजारलगायतको नदी तटीय क्षेत्र खतरामा परेका छन् ।

जनप्रतिनिधि र सुरक्षा निकायका अधिकारीले प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

प्रहरीका अनुसार स्काइभेक्टरको सहयोगमा नदीमा थुप्रिरहेको ढुंगा र गेग्रान पन्छाउने प्रयास भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले समेत सूचना निकालेर पाँच पोखरी थाङपाल गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका नदी तटीय क्षेत्रमा बस्ने स्थानीयलाई सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal