काठमाडौँ । आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै छ । बुधबार स्थगित भएको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।
पदाधिकारी, स्थायी समिति र केन्द्रीय आयोगका सदस्यहरुले अध्यक्ष प्रचण्डले राखेको प्रस्तावमा आधारणा राख्ने क्रम मंगलबार सकिएको थियो । हिजो टीआरसी विधेयक पारित गर्ने कार्यसूची भएकोले बैठक स्थगित गरिएको थियो ।
आजको बैठकमा नेताहरुले मौखिक र लिखित रुपमा राखेका धारणाबारे अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ ।
अध्यक्ष प्रचण्डले बैठकमा प्रस्ताव राख्दै नेतृत्व, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूलाई खुलेर आआफ्ना धारणा राख्ने आग्रह गरेका थिए ।
स्थायी समिति आजै सकिनेछ र केन्द्रीय समिति बैठककाे बाेलाइने बताइएकाे छ ।