काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहेको देख्दा छक्क परेको छ ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘हिंसात्मक द्धन्द्ध भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन, माओवादी जनयुद्ध नभएको भए यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो ।’
केही दिन पहिले प्रधानमन्त्रीले ‘सिंसात्मक द्वन्द्व’ लेख्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर संविधानमा शसस्त्र द्वन्द्व र माओवादी जनयुद्ध भन्ने शब्दावली प्रयाेग गरेकाे छ । तर, प्रधानमन्त्रीले उक्त भाषा प्रयाेग गरेपछि विवादमा परेका थिए ।
शान्ति प्रक्रिया हस्ताक्षरकर्ता समेत रहेका प्रचण्डले पुर्णबहादुर खडका नेतृत्वको समितिले नै माओवादी जनयुद्ध भनेर उल्लेख गरेको पनि सबैलाइ स्मरण गराएका थिए ।