आज :

माओवादी केन्द्रको पदाधिकारी बैठक: एक्लै चुनावमा लड्ने, साउन २५ गते स्थायी समिति बैठक

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी पार्टीको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने निर्णय गरेको छ ।

विगत पाँच दिनेदेखि बस्दै आएको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने र त्यसको तयारीको लागि जनतामा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

उनले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ । गठबन्धभित्र अरु पार्टीहरुलाई पनि सन्तुलन गर्नुपर्ने हुदाँ हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन । अब जनतामा जाने निष्कर्षमा पुगेका छौ ।’

यसको साथै, उनले कम्युनिष्ट पार्टीको पुनगठन र सामाजिक न्यायसहितको समृद्ध समाज जनताको चहाना भएको भन्दै बृहत वामपन्थी एकीकरणको विस्तारसँगै कम्युनिष्ट पार्टीको पुनगठन पनि गर्ने बताए ।

सापकाेटाले भने, ‘हामीले कम्युनिष्ट पार्टीको पुन गठनको लागि निरन्तर प्रयास गरिहनु पर्छ र हाम्रो बैठकको निचोड पनि बृहत वामपन्थी एकीकरण त विस्तार गर्दै अहिले जुन चार वटा पार्टीको सयुक्त मोर्चा छ, त्यसलाई विस्तार गरेर लैजान्छौ नै यसको साथै, कम्युनिष्ट पार्टीको पुनगठन पनि निश्चित रुपमा हुन्छ किनभने कम्युनिष्ट पार्टीको पुनगठन होस र सामाजिक न्यायसहितको समृद्धि कायम होस भन्ने जनता चहान्छन् । जनताको त्यो सपना पूरा गर्नका लागि हाम्रो तर्फबाट नेतृत्वदायी भूमिका खेल्ने समझदारी भएको छ ।’

यस्तै, उनले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने र संख्या कम भएपनि त्यसलाई गुनात्मक बनाउने निर्णय पनि भएको बताए ।

‘यसको साथै प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो संख्या कम भएपनि त्यसलाई गुनात्मक बनाउने र देश र जनताका जल्दो बल्दो समस्या र पहिला हाम्रो सरकारले सुरु गरेका सामाजिक न्यायसहितको सुशासन समृद्धिका सवालहरुलाई अझ खोज अनुसन्धानसहित गम्भिरता पूर्वक उठाउने, भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको छ । साउनको २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय पनि भएको छ’ सापकाेटाले भने ।

बैठकमा नेताहरूले धारणा राखेर सकेपछि पार्टी अध्यक्ष प्रचण्डले जवाफसहित भनाइ राखेका थिए । प्रचण्डले देशव्यापी रुपमा जनताको माझमा गएर जनताको कुरा सुन्ने कुरा उठाएको प्रवक्ता सापकाेटाले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal