आज :

बेचन झालाई पक्राउ गर्ने डिआइजी केसीको सरूवा, गृहमन्त्रीकाे चाैतर्फी विराेध

  • अनलाइन डबली

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका फरार रहेका बेचन झालाई पक्राउ गर्ने केसीको गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको हो । उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्युरोमा पठाइएको छ ।

केसीको दुई महिना नबित्दै सरूवा गरिएको हो । केसी र अधिकारी गत जेठ ४ गते सँगै बढुवा सिफारिसमा परेका थिए । बढुवा हुनुअघि केसी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा कार्यरत थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र प्रतीक थापालाई पक्राउ गर्न केसीको भूमिका थियो । दुवैलाई असार १४ गते शुक्रबार पक्राउ गरेको थियो ।

अघिल्लाे सरकारले राम्राे काम गरेकाे भन्दै धन्यवाद पाएका केसीलाई गृहमन्त्रीकाे पहिलाे निसाना बनाएपछि चाैतर्फी विराेध सुरू भएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal