आज :

ठूला भ्रष्टाचारी समातेपछि विचाैलिया तिलमिलाएर सरकार ढाल्न लागेः प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न २ जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको बताए । बिचाैलियाहरू मिलेर सरकार ढाल्न लागेकाे समेत बताए ।

अध्यक्ष प्रचण्डले आफूहरू जनताको मुद्दाबाट टाढा नजाने बताउँदै अब सरकारमा जाने भन्दा जनतामा जाने र पार्टीलाई एकतावद्ध र सुदृढ बनाउनमा ध्यान केन्द्रीत गरिने बताएका छन् ।

बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी परिवर्तनको एजेण्डाको मात्रै नभई सुसासन र समृद्धिको एजेण्डाको पनि जननी भएकोले जनतामा त्यस कुरालाई स्थपित गर्न जरुरी भएको बताए ।

अध्यक्ष प्रचण्डले अहिले आफूहरुलार्य हटाउन षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको बताउनुभयो । उहाँले अव पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको उल्लेख गरे ।

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सैह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ’, प्रचण्डले भने, ‘र उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा पनि छर्लङ्ङ भएको छ बुझेका छन् ।’

प्रचण्डले सामन्ती अवशेषका रूपमा रहेको मिटरव्याज विरोधी  कदम र आर्थिक समृद्धिका सवालमा धेरै मेहनत गरेर मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको बताए ।

‘मुख्य रूपमा सुशासनको सवालमा नेपालको इतिहासमै दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का,भ्रष्टाचारमा लिप्त हुने तत्त्वहरूलाई सैह्य भएन’ प्रचण्डले भने ।

प्रचण्डले आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै अहिले आफूहरू विजेता र सरकारमा गएकाहरू पराजित भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal