
काठमाडौँ । सरकार परिर्तन भएसँगै नेपाली काँग्रेसका सांसद सुनिल शर्माविरुद्ध मुद्दा नचल्ने भएको छ ।
मोरङ– ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित भएका शर्मामाथि नक्कली प्रमाणपत्र, सरकारी कागजात किर्ते र ठगीसहित तीन मुद्दामा अनुसन्धान काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएसँगै शर्मालाई उन्मुक्ति दिन लागिएको हो ।
अघिल्लो सरकारले शर्माविरुद्ध मुद्दा चलाउने तयारी गरेको थियो । तर, केपी शर्मा ओली प्रधानमन्त्री र काँग्रेस नेता रमेश लेखक गृहमन्त्री भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने निर्णयको टिप्पणी पठाउन निर्देशन दिइएको थियो ।
महान्यायाधिवक्ता रमेश बडालले पनि हदम्याद नभएको, विदेशी विश्वविद्यालयले दिएको प्रमाणपत्रमा सरकारी छाप किर्ते गरेको भन्न नमिल्ने र विगतमा ठगीमा मुद्दा दायर भएर एउटा मुद्दा पनि ठहर नभएको भन्दै शर्माविरुद्ध मुद्दा नचलाउने निर्णयलाई सदर गर्न लागेको स्रोतको दाबी छ ।
गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी प्रधानमन्त्री केपी शर्मा ओलीले नै शर्माविरुद्ध मुद्दा नचलाउन निर्देशन दिएको बताइएको छ । यही निर्देशनपछि महान्यायाधिवक्ता बडालले मुद्दा नचलाउने रायसहितको सिआईबीको प्रतिवेदनलाई सदर गर्न लागेका हुन् ।