आज :

प्रधानमन्त्रीले भनेको जस्तो देशमा निराशाको अवस्था छैन्: पूर्व अर्थमन्त्री पुन

  • अनलाइन डबली

काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनले,प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बीचमा बिभिन्न संक्रमणका कारण आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको भन्दै प्रधानमन्त्री ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका हुन् ।

पुनले भने,‘प्रधानमन्त्रीजीले ऋणको अवस्था, नेपालको अर्थतन्त्रको बारे र जनताहरुमा निराशाको बारे बताउनुभयो । पछिल्लो दुईतीन वर्षमा कांग्रेस माओवादी , एमालेकोबीचमा गठबन्धन बन्यो । त्यसबीचका कुराहरुलाई उहाँले निराशाको रुपमा व्यक्त गर्नुभएको छ । त्यसलाई मैले तथ्याङ्कबाट हेर्दा प्रधानमन्त्रीले भनेको जस्तो निराशा छैन् । बीचमा केही परिघट्नाले आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको छ ।’

पुनले तथ्याङ्क अनुसार अर्थतन्त्र सकारात्मक रहेको भन्दै यस्तो अवस्थामा निराशाको कुरा के आधारमा गरिरहनुभइको छ ? उनको प्रश्न थियो । तथ्याङकलाई बङग्याएर यसरी भावनाको आधारमा चल्न मिल्दैन् । आज १९ महिनाको वस्तु आयात गर्ने पर्यात विदेशी मुद्रा रहेको भन्दै प्रधानमन्त्रीको भाषण तथ्याङ्कलाई हेरेर मात्र लेख्न सुझाव दिए ।

‘प्रधानमन्त्री सरकार छोड्दै गर्दा आर्थिक वृद्धिदर ४.८ प्रतिशत थियो । त्यसपछि तीन वर्षमा थुप्रै संक्रमणहरु भए । अहिले चार प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर छ । गत १.९ थियो । अहिले चार प्रतिशतको हाराहारीमा सकारात्मक अवस्थामा छ कसरी निराशाको कुरा गर्नुहुन्छ ? तथ्याङकलाई बङग्याएर यसरी भावनाको आधारमा चल्दैन् । १९ महिनाको वस्तु आयात गर्ने हामीसँग पर्यात विदेशी मुद्रा छ । पहिला ओलीज्यू प्रधानमन्त्री हुँदा कति थियो?उहाँको भाषण लेखिदिने साथीले हेरिदिनुहोला’ पुनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal