
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् । राष्ट्रपति रामबरण यादवको बल मिच्याईबाट संविधानको धारा ७६ (२) अनुसार नियुक्ति भएका प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी गराएपछि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
सोही धारा अनुसार नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि ७६ को ३ अनुसार प्रधानमन्त्री नियुक्ति हुनुपर्ने थियो । तर राष्ट्रपतिले सोही धाराको प्रयोग गरेर ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई समर्थन गरेका केही साना दलले भने विश्वासको मत नदिने भएका छन् ।