आज :

मन्त्रीहरु बधाई थाप्न व्यस्त, छैन नागरिककाे कामकाे चिन्ता

  • अनलाइन डबली

काठमाडौं । यतिबेला देशका दुई ठूला दलको नेतृत्वमा सरकार छ । विहीबार चौथो दिन मन्त्रीहरुका कार्यकक्षमा भीडभाड देखिन्छ । काम लिएर आउनेभन्दा पनि खादा, माला र पुष्पगुच्छा लिएर आउने शुभेच्छुकहरुको भीड मन्त्रीहरुको कार्यकक्षमा खचाखच देखिन्छ ।

यही भीडमाझ समय मिलाएर मन्त्रीहरु आफ्ना मातहतका कर्मचारीहरुसँग छलफलमा छन् तर काम गर्न सुरु गरेका छैनन् । उनीहरुलाई अझै केहीदिन मन्त्रालयका दैनिक कामकारवाही र योजनाहरुबारे बुझनै लाग्नेछ ।

विशेषगरी कांग्रेस–एमालेका कार्यकर्ता एवम नेताहरु आफ्नो पार्टीबाट नियुक्त भएका मन्त्रीहरुलाई बधाई दिनका लागि सिंहदरबार पुगिरहेका छन् । सहजै पुग्न सकिने सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयमा सबैभन्दा बढी भीड देखिन्छ ।

कार्यकक्षमा शुभेच्छुकहरुको चाप बढेपछि मन्त्रीले भेट्ने समय निर्धारण गर्न थालेका छन् । हुनत पद बहाली गरेको भोलिपल्टदेखि नै प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मको कार्यदिन सुरु भएको मानिन्छ । तर अवस्था त्यस्तो छैन ।

‘तुलनात्मक रुपमा कांग्रेस–एमालेका कार्यकर्ताको संख्या धेरै रहेकालेपनि भीड बढेको हुनसक्छ । तर मन्त्रीहरुले भेटघाटको समय निर्धारण गर्न थाल्नुभएको रहेछ । तर अब मन्त्रीहरुले आफ्नो काम सुरु गर्नुपर्छ । बधाई मात्र होइन, उत्कृष्ट काम गरेर पछि धन्यावादको माला लगाए राम्रो हुन्छ,’ शहरी विकास मन्त्रालयमा भेटिएका टंक पुरीले भने ।

मन्त्रालयमा भीड एकातिर रहेपनि मन्त्रीहरुले आफ्नो काम पनि सुरु गरेको पाइयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले वुधबार मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रीफिङ्सहितको भेटघाटको आयोजना गरेका थिए ।

पौडेलले समस्या देखाउने भन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजना सहितको खाका तयार गर्न निर्देशन दिएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्री पाण्डेले भने आम नागरिकको हक हितका लागि काम गर्ने प्रतिवद्धतासहित कर्मचारीहरुसँग छलफलमै रहेको भेटिए । संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि बुधबार विज्ञापन वोर्ड साथै मातहतका कर्मचारीहरुसँग छलफलको आयोजना गरेका थिए ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुको ज्ञापन पत्र बुझे र निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बचन दिए ।

चाँडो चाँडो परिवर्तन भइरहने मन्त्रीहरुका कारण कर्मचारीहरुको मनोबल बढेको देखिदैन भने मन्त्रीहरुलाई आफ्ना स्वार्थ पुरा गर्ने व्यक्तिहरुको भीडका कारण कामहरु प्रभावकारी हुन नसकेको गुनासो सुन्ने गरिन्छ । तर सिंहदरबारमा पहुँच नभएका सर्वसाधारणहरुका पक्षमा काम गर्न मन्त्रीहरुलाई दबाब बढेको छ ।

मन्त्रीकाे पारा देख्दा उनीहरू यसैमा रमाइरहेका छन्, उनिहरूलाइ नागरिककाे कामकाे चिन्ता नै छैन भन्ने देखाउँछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal