
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नियुक्तिविरुद्ध परेको रिटमाथिको सुनुवाईकै दिन साउन ६ गते विश्वासको मत लिने भएका छन् ।
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाका अनुसार ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिन लागेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (३) अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति गर्न छोडेर ७६ (२) अनुसार ओलीलाई नियुक्ति गरेको भन्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
कानुन व्यवसायीहरुले राष्ट्रपतिले संविधान मिचेर ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै खारेजीको माग गरेका छन् । उक्त रिटमाथि आइतबार नै सर्वोच्चले पेशी तोकेको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि देशबासीको नाममा सम्बोधन गर्ने पनि बताइएको छ ।