आज :

कानून बमोजिम आवश्यक सुधार गर्न तयार छु: कानूनमन्त्री चौरसिय

  • अनलाइन डबली

काठमाडौं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले न्याय क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि कानून बमोजिम आवश्यक सुधार गर्न आफू तयार रहेको बताएका छन् ।

मंगलबार न्यायपालिकाको पाँचौं पञ्जवर्षीय योजनाको सार्वजनिकीकरण कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री चौरसियाले न्यायपालिकाले उच्चकोटीको न्याय सम्पादन गरिरहेको दाबी गरे ।

उनले भने, ‘नेपालको न्यायपालिका जसरी न्याय सम्पादन गरिरहेको छ त्यो उच्चकोटीको छ । आज म नेपालको कानूनमन्त्रीको नाताले माननीय श्रीमानहरुलाई के आश्वस्त पार्न चाहन्छु भने न्याय क्षेत्रमा भएका अप्ठ्याराहरुलाई कानून बमोजिम आवश्यक सुधार गर्नका लागि म तयार छु । न्यायपालिका, व्यवस्थापिका र  कार्यपालिकामा नेपालको संविधानले सन्तुलन मिलाउने काम गरेको छ । व्यवस्थापिकाले कानून बनाउने, संशोधन गर्ने, कार्यपालिकाले त्यसको कार्यान्वयन गर्ने र ती कानूनहरु संविधान बमोजिम छन् कि छैनन् र कार्यपालिका उच्छृंखल हुनबाट रोक्न कानून पालन गराउने न्यायपालिका हो ।’

न्यायपालिकाले लोकतन्त्रलाई थप सुदृढ बनाउन सहयोग गरेको चौरसीयाको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal