आज :

राजाकाे पालामा झैं मन्त्रिपरिषद्का निर्णय २४ घण्टा गोप्य राख्ने ओली सरकारको निर्णय 

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले निर्णयहरु २४ घण्टासम्म गोप्य राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकपछि संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णयहरु २४ घण्टासम्म गोप्य राखिने जानकारी दिए । उनले २४ घण्टाभित्र मन्त्रीले पनि निर्णयबारे जानकारी दिन नपाउने समेत बताए ।

निवर्तमान प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्का निर्णयहरु गोप्य राख्ने प्रचलन हटाउँदै तुरुन्तै सार्वजनिक गराउँदै आएका थिए । तर, ओली सरकारले राजानका पालामा जस्तै मन्त्रिपरिषद्का निर्णयहरु गोप्य राख्ने प्रचलन सुरु गरेका छन् । राजाका पालामा ७२ घण्टासम्म मन्त्रिपरिषद्का निर्णयहरु गोप्य राखिन्थ्यो ।

राजाको पालामा मन्त्रिपरिषद्का निर्णयहरु बोकेर राजाकहाँ जानु पर्थ्यो र राजाले सहमति जनाएर लालमोहर लगाएका निर्णयहरु मात्रै सार्वजनिक गरिन्थ्यो ।

गणतन्त्र नेपालका प्रधानमन्त्रीले राजाको पालामा जस्तै मन्त्रिपरिषद्का निर्णय‍हरु गोप्य राख्ने फेरि निर्णय गरेका छन् । अब मन्त्रिपरिषद्ले के निर्णय गर्यो आम नागरिकले २४ घण्टापछि मात्रै जानकारी पाउने भएका छन् ।

सरकारको निर्णयको विरोध हुन सुरु भएको छ । सामाजिक संजाल प्रयोगकर्ताहरुले ओली सरकार सूचनाको हकप्रति अनुदार रहेको बताएका छन् । त्यस्तै, आम नागरिकलाई सही सूचना नदिई गोप्य राख्ने र आफू अनुकुल सूचना मात्रै सार्वजनिक गर्ने नियत देखिएको बताइएको छ ।

त्यसैगरी सरकारले गर्ने निर्णय गठबन्धनमा अविश्वास रहेको र निर्णयहरु राजालाई झैं गठबन्धन दलमा निर्णय अनुमोदन गराएर र अनुमोदन नगरेका निर्णय सार्वजनिक नगर्ने तयारी ओली सरकारको रहेको विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal